के तपाईलाई ढाड दुख्ने समस्या छ ? यदि छ भने परम्परागत सहवास गर्नुस्

के तपाइँ ढाड दुख्ने समस्याबाट पिडित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन, अब सहवासबाट (परम्परागत सहवास) नै तपाइको ढाड दुख्ने समस्याको समाधान हुनेछ ।

 

यदी तपाइँलाई ढाड दुख्ने समस्या छ भने तपाइँले परंपरागत तरीकाले सम्भोग गरे अर्थात स्त्री तल र पुरुष माथि हुने सहवास गर्दा निको हुने चिकित्सकहरुले बताएका छन् ।

 

 

क्यानडाको वाटरलू विश्वविद्यालयका चिकित्सकहरुले हालै गरेको एक अध्यनले ढाड दुख्ने समस्या भएकाहरुले परंपरागत सहवास गर्नु राम्रो हुने निष्कर्ष निकालेका हुन् ।

 

कति जनालाई यो लाग्न सक्छ कि अरे बाबा ! ढाड दुखेर सहबास गर्नै गाह्रो भएको बेलामा कसरी यहि सहवास नै ढाड दुख्ने समस्याको समाधान हुनसक्छ ? 

 

तर क्यानाडाका शोधकर्ताहरुले पिठ्युँमा समेत दुखाइ हुने महिलाहरुलाई पनि यो आसन अत्यन्तै लाभदायक हुने बताएका छन् ।

 

यो आसन सँगै अर्को एक आसन पनि यो ढाडको दुख्ने समस्याको समाधान बनेको छ ।

 

अध्यनकर्ताहरुले परंपरागत आसनबाहेक डग स्टाइल (कुकुर आसन) अर्थात पछाडीबाट गरिने सहवास पनि ढाडका रोगीहरुका लागी धेरै नै लाभदायी हुने बताएका छन् ।

 

यस विश्वविद्यालयले शारीरिक सम्बन्ध बनाउने आसनको विषयमा वृहत अध्यन गरेको थियो ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.