टिकटकले मेरो ज्यान बचायो: एक महिलाको भनाई

एक महिलाले आफ्नो जीवन बचाएकोमा टिकटक फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

 

उनको TikTok फलोअर्सहरूले उनको लागि खतरा पहिचान गरे र उनलाई यसको बारेमा जानकारी दिए।

 


२७ वर्षीया जेड जुल्सले जनवरी १२ मा क्यानाडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्समा आफ्नो फोहोर फाल्न जाँदा आफ्नो कालो बिनको माथि कोरिएको प्रतीक '1F' देखेकी थिइन् ।

 

त्यसपछि उनले अरूलाई यसको अर्थ थाहा छ कि भनेर सोध्दै एउटा भिडियो अपलोड गरिन् । धेरै मानिसहरूले उनलाई यो एक गिरोहको प्रतीक हो भनेर जानकारी दिएपछि उनी पछि डराएकी थिइन् । जसको अर्थ उक्त घरमा उनी एक्लै महिला छिन् भन्ने बुझाउछ । 


 

लुटपाट, यौन, बेचबिखन वा बलात्कार जस्ता अपराधहरूका लागि उनी एक सजिलो लक्ष्य हो भनेर अरूलाई थाहा दिनको लागि यसरी मार्किङ गरिएको मानिन्छ।

 

जब मैले यो देखे। मैले मेरो फोन निकाले, रेकर्ड गरे र टिकटकमा पोस्ट गरे किनभने मसँग यसको मतलबको बारेमा शून्य जानकारी थियो।

 

'मैले सोचे कि टिकटकमा मानिसहरूले मलाई चिन्नेछन् र मद्दत गर्नेछन्, जुन उनीहरूले गरे। मलाई सहयोग गर्ने सबैको लागि म धेरै आभारी छु।

 

श्रोत: metro

 

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.