कसैसँग सपनामा सम्भोग गर्नुको अर्थ के हुन्छ

भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौन इच्छा पनि सपनामा छताछुल्ल हुन्छन् ।

 

विभिन्न अध्ययनहरुले जनाए अनुसार अधिकाङ्स युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजनसँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस्।

 

 

त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ ।

 

तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् ।

 

सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारणहरू यस्ता छन्:

 

१) यदि आफ्नो पति/पत्नी वा यौन जोडीसँग सम्भोग गरेको सपना देखेमा:

यदि तपाइँले सपनामा आफ्नो पति/पत्नी वा यौन जोडीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको दम्पती वा यौन जोडीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ ।

 

यदि कसैले यस्तो सपना देखेमा आफ्नो यौन जोडीसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुहोस् ।

 

२) आफ्नो पूर्व प्रेमी वा पूर्व प्रेमीकासँग सम्भोग गरेको देखेमा:

यदि तपाइँले आफ्नो पूर्व प्रेमी वा पूर्व प्रेमीकासँग सम्भोग गरेकेा सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो प्रेमी वा प्रेमीकासँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमी वा प्रेमीकासँगलाई मन पराउनुहुन्छ तर पनि अचेत मनमा पूरानो प्रेमी वा प्रेमीकासँग नै मन लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ ।

 

यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमी वा प्रेमीका सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमी वा प्रेमीका पनि खटपट हुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

 

३) कुनै चर्चित कलाकारसँग सम्भोग गरेको सपना देखेमा:

यदि तपाइँले कुनै चर्चित कलाकारसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी/प्रेमीका वा पति/पत्नीमा अरु केही कुरा खोजिरहनुभएको छ ।

 

कलाकारको सफलता र खुबीसँग आफ्नो प्रेमी/प्रेमीका वा पति/पत्नीलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

 

४) कुनै महिला वा पुरुषसँग सम्भोग गरेको सपना देखेमा:

यदि तपाइँ कुनै महिला वा पुरुषसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर महिला मात्र वा पुरुष मात्र हो भन्ने सोचाइ गलत हो ।

 

सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै वा पुरुषसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ ।

 

कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् र कुनै पुरुषले सपनामा अर्को पुरुषसँगै सम्भोग गरेको देख्छन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले वा पुरुषले आफ्नो प्रेमी/प्रेमीका वा पति/पत्नी ले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छन् ।

 

५) प्रेमी/प्रेमीका वा पति/पत्नीसँग बिछोड भएको सपना देखेमा:

प्रेमी/प्रेमीका वा पति/पत्नीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमी/प्रेमीका वा पति/पत्नीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन ।

 

सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमी/प्रेमीका वा पति/पत्नीसँग बिछोड भएको सपना देखिने यौन मनोविज्ञहरु बताउँछन् ।

 

र यो पनि पढ्नुहोस्:
१) कुन सपना देख्दा कस्तो फल मिल्छ
२) व्रत बसेको बेला यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?
३) पुरूषले सपनामा महिलालाई कस्तो अवस्थामा देख्दा कस्तो फल पाउँछन्
४) धार्मिक मानिसले हेर्छन् झन् बढि अश्लिल चलचित्र
५) लिङ्ग ठूलो बनाउँछु भन्दा चार किलोको लिङ्ग बनेपछि समस्या
६) सेक्समा अव्वल हुन्छन् होचा व्यक्ति
७) पुरुषहरुको लिङ्गको बारेमा थाहा नभएका केहि रोचक तथ्यहरु यस्ता छन्
 

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.