बिहान उठ्ने वित्तिकै कहिले पनि नगर्नुहोस् यी ५ काम, उठ्ने वित्तिकै सहवास त गर्दै नगर्नुहोस्

हामी हाम्रो जीवनमा जानेर वा नजानेर गर्न हुने र गर्नै नहुने दुवै काम गर्ने गर्दछौ । तर यसले हाम्रो जीवनमा राम्रो या नराम्रो कस्तो परिणाम ल्याउछ त्यो भने ख्याल गर्ने गर्दैनौ ।

 

हाम्रो पूर्वीय मान्यता वा हिन्दु धर्म अनुसार बुढा-पाकाहारुले जीवनको बारेमा भन्ने गरेका कतिपय कुराहरु वैज्ञानिक तरिकाले पनि सहि मानिन्छन् ।

 

तर अहिले आएर पछिला पिडीहरुले बुढा-पाकाहरुले भन्ने गरेका जीवन सम्बन्धि महत्वपूर्ण कुराहरुलाई त्यती वास्ता नै गरेको पाईदैन ।

 

 

यहाँ पनि त्यस्तै जीवनका परेमा हाम्रा बुढा-पाकाले भन्ने गरेका मान्यताहरुको चर्चा गरिएको छ, जुन काम विहान उठ्ने बित्तिकै गर्नु धेरै नराम्रो वा अशुभ मानिन्छ । 

 

 

बिहान उठ्न बित्तिकै गर्न नहुने केहि ५ कामहरु यस प्रकार छन्:

१) सहवास नगर्नुहोस्:
बिहान उठ्न साथ् सहवास गर्नु उचित हुदिन । विहान उठ्न साथ हाम्रो शरीरमा सकारात्मक उर्जाहरु उत्पन्न हुने गर्दछन् । तर विहान उठ्न साथ सहवास गर्दा हाम्रो शरीरमा सङ्कलन भएका सकारात्मक उर्जाहरु नष्ट हुने र नकारात्मक उर्जाहरु भरिने मान्यता रहेको छ । त्यसैले सकभर बिहानको समयमा सम्भोग नगर्नु नै ठिक हुन्छ ।

 

२) घर फोहोर नराख्नुहोस्:
विहानको समय भनेको घर-घरमा लक्ष्मी प्रवेश गर्ने अति उत्तम समय मानिन्छ । विहान उठ्न बित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम समय मानिन्छ । त्यसैले उठ्न साथ घर सफा गरिहाल्नुहोस् । अझ सक भर यस्तो सरसफाई घरका महिलाहरुले गरेको उत्तम हुने मान्यता रहेको छ ।

 

३) ऐना नहेर्नुहोस्:
विहान उठ्ने बित्तिकै हरेक प्राणीमा आलस्यता र अल्छीपन भरिएको हुन्छ । मानिसमा पनि विहान उठ्न बित्तिकै यी खराब वा नराम्रा गुणहरु हुने गर्दछन् र मानिसहरुको अनुहारमा आलस्यता झाल्किराखेको हुन्छ । त्यस कारण यदी उठ्न साथ ऐना हेर्ने बानि तपाईको पनि छ भने आजै बाट विहानको समयमा उठ्न साथ ऐना हेर्ने बानि छोडीदिनुहोस् । त्यसो गर्नु भन्दा बरु उठ्न साथ पहिले आफ्नो हत्केला हेर्नुहोस् ।

 

४) तेलको भाँडो र सियो धागो नहेर्नुहोस्:
विहान निद्राबाट जाग्न साथ कहिल्यै अनि सियो धागो र तेलको प्रयोग नगर्नुहोस् । यस्ता सामानहरु राख्दा विहान उठ्न वित्तिकै नदेखिने ठाउमा राख्नुहोस् । यस्ता वस्तुहरु उठ्न बित्तिकै हेर्न नहुने शास्त्रीय मान्याता रहेको छ ।

 

५) बाँदरको नाम नलिनुहोस्:
विहान-विहान बाँदरको नाम लिदा दिनभर खान समस्या हुने भनाई छ । शास्त्रीय मान्यता अनुसार विहान उठ्ने बित्तिकै बाँदरको नाम सकभर नलिने भनाइ छ । त्यसैले उठ्न साथ् विहानको समयमा सके सम्म बाँदरको नाम उचाचारण नगर्नु नै बेश हुनेछ ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.