उठी उठी कहिल्यै पनि पिसाव नगर्नुस्

मजाक मजाकमा हामी भन्ने गर्दछौ कि महिला पुरुष बराबर हुन त महिलाहरुले पनि पुरुषहरु सरह उठेर पिसाब गर्न सक्नुपर्छ | तर ख्याल गर्नुहोस है उठेर भन्दा बसेर पिसाब गर्नु स्वास्थ्यको हिसाबले धेरै लाभदायी हुन्छ ।

 

मानिसहरु ब्यस्त जीवनका कारण परंपरागत रहनसहनका मान्यता भुल्दै गएका छन् । शास्त्रमा जीवनशैलीका विभिन्न नियमहरु उल्लेख गरिएको छ ।

 

तर हिजोआज मानिसहरु पुराना रहनसहनको नियमहरुको धेरै ख्याल राखेको पाइदैन ।

 

 

यहाँ पिसाव गर्दा पालना गर्नु पर्ने केहि नियमको विषयमा चर्चा गरिएको छ । 

 

 

शास्त्रमा मानिसले पशुले जस्तै उठेर पिसाव गर्न नहुने उल्लेख गरिएकोछ । मानिसलाई इश्वरले बुद्धी विवेक र ज्ञान दिएका कारण उसका ब्यवहार पशुको जस्तै हुन नहुने विद्वानहरु बताउँछन् ।

 

उठेर मुत्र विसर्जन गर्दा त्यसका छिटा शरीरका विभिन्न अंग कपडामा समेत पर्छ । यसले कपडा फोहोर र दूषित हुन्छन् । जसले गर्दा वभिन्न रोगहरुको संक्रमण समेत हुन सक्छ ।

 

‘पारस्करगृह्यसूत्र’ भन्ने आचरण सम्बन्धी शास्त्रमा ‘तिष्ठान न मूत्रपुरीषे कुर्यात्। अर्थात उठी उठी पिसाव नगर्नु ।

 

उच्चारे मौनं समाचरेत्। अर्थात दिशा पिसाव गर्दा बोल्नु हुँदैन भनेर लेखेको छ ।

बसेर पिसाव गर्दाका फाइदा

१) तपाइँले बसेर पिसाव गर्दा मुत्राशयमा दवाव परेर पिसाव क्लियर हुने र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । शास्त्रमा सूर्यपट्टी फर्केर पिसाव गर्न नहुने समेत उल्लेख छ । यसको धार्मिक कारण के भने सूर्यलाई देवताकोरुपमा पुजा गरिन्छ ।

 

२) त्यतिमात्र होइन आयुर्वेदको दृष्टीले पनि सूर्यतिर फर्केर मुत्र विसर्जन गर्दा सूर्यका किरणसँग ठक्किएर त्यस्ता किरण अनुहारमा पर्ने गर्दछन्। जसले छाला सम्बन्धी अनेक रोग लाग्न सक्छ।

 

३) पिसाव बाटोमा समेत गर्न नहुने शास्त्रमा उल्लेख छ । यसले बाटो हिंड्नेको स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

 

४) गाइको गोठ र जल तथा खरानीमा पनि पिसाव गर्नु हुँदैन । पानीमा पिसाव गर्दा यो दुषित हुने र मानिस तथा अन्य जीवलाई असर पर्ने बैज्ञानिक कारण समेत छ ।

 

५) पिसाव गर्दा पुरुषले कानमा जनै राख्ने पुरानो चलन पनि छ । यसरी कानमा जनै राखेर पिसाब गर्दा विर्यको संरक्षण हुने शास्त्रमा उल्लेख छ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.