कुन सपना देख्दा कस्तो फल मिल्छ

निद्रामा हरेक व्यक्तिले सपना देख्ने गर्दछन् । र आफुले देखेका ति सपनाहरुको बारेमा प्राय मानिसहरु चिन्तित हुने गर्दछन् ।

 

त्यसैले मानिसहरु आफुले देख्ने गरेको सपनाहरुको बारेमा धेरै नै सोच्ने गर्दछन् । हिन्दु धर्मको मान्यता अनुसार पनि हरेक सपनाको आ-आफ्ना विशेष फल अवश्य हुन्छ ।

 

 

सपनाले कहिलेकाँहि भविष्यमा हुनेसक्ने राम्रा वा नराम्रा घटनाको बारेमा पहिले नै जानकारी दिने गर्दछ । तर हामीहरु यि संकेतहरुलाई बुझ्न सक्दैनौ ।

 

प्राचीन कालिन धर्मग्रन्थहरु जस्तै रामायण, वेद, पुराण, महाभारत आदिहरुमा सपनाको माध्यम वा सहयोगबाट भविष्यमा हुन सक्ने घटनाहरुको बारेमा अग्रीम जानकारी पाएको वर्णनहरु भेटिन्छन् ।

 

आफुले देखेको सपनाहरुको प्रतिफल के कस्तो हुन्छ त्यो जान्न सबैलाई उत्सुक नै हुने गर्दछ, त्यसैले हामीले देख्ने केहि सपना र तिनका फलहरु यस प्रकार छन् । 

 

 

कुन सपना देख्दा के-कस्तो प्रतिफल मिल्छ:

१) स्त्रीसँग मैथुन ↔ गर्नु धन प्राप्त हुनु
२) गोबर देख्नु → पशु व्यापारमा लाभ
३) दुब्लो भैसी देख्नु ⇔ अन्न महंगो हुनु
४) बाख्रा देख्नु ⇒शत्रुको डर
५) सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु

 

६) मासु देख्नु – आकस्मिक धन लाभ
७) मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
८) कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
९) गरगहना देख्नु – कार्य पुर्ण हुनु
१०) सुन्दर स्त्री देख्नु – प्रेममा सफलता

 

११) सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
१२) गाडेको धन देख्नु – अचानक धन लाभ हुनु
१३) काग देख्नु – कसैको मृत्युको समाचार आउनु
१४) उजाड बगैचा देख्नु – दुःख पाउने
१५) हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु

 

१६) चील देख्नु – शत्रुबाट नोक्सान हुनु
१७) घोडा देख्नु – संकट हट्नु
१८) चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
१९) धुँवा देख्नु – व्यापारमा हानी
२०) भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु

 

२१) आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
२२) बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
२३) कुवामा पानी देख्नु – धन लाभ
२४) रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
२५) चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु

 

२६) सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
२७) सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
२८) ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२९) बन्द ढोका देख्नु- धन नास हुनु
३०) आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु

 

३१) पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
३२) बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
३३) चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
३४) चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
३५) बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु

 

३६) नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
३७) पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ
३८) नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
३९) सुकेको घाँस देख्नु – जीवनमा समस्या
४०) मरेको मानिस देख्नु – रोगबाट मुक्त

 

४१) स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
४२) फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
४३) पाकेको गहुँ खेतमा देख्नु – धनको लाभ हुनु
४४) जुवा खेलेको देख्नु – व्यापारमा लाभ
४५) पहाड हल्लिएको देख्नु – विरामी हुने डर

 

४६) थुक देख्नु – समस्यामा पर्नु
४७) सेतो बिरालो देख्नु – धन नास हुनु
४८) खुकुरी देख्नु – संकटबाट मुक्ति
४९) झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
५०)राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु

 

५१) तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
५२) उजाड जंगल देख्नु – समस्या बढ्नु
५३) चाँदी देख्नु – धन प्राप्त हुनु
५४) मोती देख्नु – छोरी पाउने योग
५५) कैची देख्नु – घरमा झै-झगडा हुनु

 

५६) पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
५७) समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग
५८) रातो फूल देख्नु – भाग्य चम्कनु
५९) झरना देख्नु – दुःखको अन्त हुनु
६०) आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु

 

६१) नून देखेमा – स्वास्थ्यमा सुधार
६२) आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
६३) लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
६४) चन्दन देखेमा – शुभ समाचार सुन्नु

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.