गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्रहरु

गर्मीको मौषममा सूर्यको किरण वा घाम ले गर्दा हाम्रो छालाको त्वचा (अनुहारमा चमक) बिग्रने गर्दछ ।

 

त्यसैले गर्मीको समयमा आफ्नो अनुहारमा चमक कायम राख्न निकै नै चुनौतिपुर्ण हुन्छ ।

 

अनुहारमा चमक

 

गर्मी मौषममा छालाको चमक कायम गर्नको लागि अरु बेला भन्दा अझ बढि ख्याल गर्नुपर्ने हुन्छ ।

 

तसर्थ गर्मी मौषम मा आफ्नो अनुहारमा निखार वा चमक ल्याउन निम्न बिधिहरु अपनाउनुहोस । 


 

१) पानी र मह सेवन:
विहान सबेरै उठ्ना साथ पानी र मह मिसाएर पिउने गर्नुहोस् । यसो गर्नाले पेटको बिकारहरु कम हुन्छ र फलस्वरुप अनुहारमा चमक देखापर्दछ ।

 

२) पर्याप्त पानी पिउनु: 
गर्मी याममा हाम्रो शरीरलाई अन्य मौषमको तुलनामा धेरै नै पानी चाहिने गर्छ । त्यसैले गर्मीमा पर्याप्त मात्रामा पानी पिउनुहोस् । यसरी आवश्यकता अनुसार पानी पिउनाले शरीरमा रहेका विषाक्त पदार्थहरु बाहिर निस्कन्छन् र छालाको त्वचामा निखारता आँउछ ।

 

३) सुन्तलाको बोक्राको लेप: 
सुन्तलाको बोक्रालाई पहिले सुकाएर पाउडर बनाएर काँचो दुधमा मिसाएर लेप बनाउनुहोस । यसरी बनायको लेप अनुहारमा लगाउदा त्वचामा चमक आउछ ।

 

४) केराको सेवन: 
केरा को नियमीत सेवन गर्मीमा फाईदाजनक हुन्छ । यसका साथै केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट सम्म लाउनाले अनुहार चम्किन्छ ।

 

५) मह र पानीको लेप:
एक चम्चा महमा थोरै पानी मिसाएर दिनहु अनुहारमा लगाउनाले त्यहाँ भएका फोहोरहरु निस्किन्छन र केहि मिनेट पछि सफा पानिले धुदा अनुहारमा चमकता आउछ ।

 

६) दहि र पुदिना:
दहि र पुदिनाको लेप बनाएर अनुहारमा आधा घण्टा (३० मिनेट) लगाउने । र उक्त लेप सुकेपछि सफा पानीले धुने । यसो गर्नाले अनुहार चम्किनुको साथै सुन्दर पनि देखिन्छ ।

 

७) काजु र दुध: 
काजु र दुध सँगै मिसाएर खादा छालाको त्वचाको लागि राम्रो हुन्छ । र छालामा भएको सुख्खापन बाट छुटकारा पाउनको लागि यसको लेप लगाउदा राम्रो हुन्छ ।

 

८) बेसन र बेसार: 
२ चम्चा बेसन र आधा चम्चा बेसार राम्रो सँग फिटेर त्यसमा गुलाबजल मिसाउनुहोस् । यसरी बनाएको पेस्ट अनुहारमा लाउदा चमक र त्वचा आँउछ ।

 

९) कागती र सुन्तलाको रस: 
केहि थोपा कागतीको रस आधा चम्चा सुन्तलाको रसमा मिसाउनुहोस । यसमा फेरी गुलाब जल पनि मिसाएर केहि समयको लागि फ्रीजमा राख्नुहोस । २०-२५ मिनेट पछि यसरी बनेको मिश्रणले अनुहार धुनुहोस । यसको नतिजा तपाईंहरूको सामु हुनेछ ।

 

 

र यो पनि पढ्नुहोस्:

१) दुधसँग यि खानाहरू भुलेर पनि नखानुहोस्, नत्र भने .........
२) के तपाई कोकाकोला सँग दुध मिसाएर खानुहुन्छ ? ख्याल गर्नुस है !
३) तपाईंलाई आफ्नो छालाको बारेमा थाहा नहुन सक्छ यी पाँच आश्चर्य कुराहरू

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.