कपाल झर्ने समस्या छ ? कपाल झर्न नदिन यसो गर्नुहोस्

पछिल्लो समय अधिकांश मानिसहरु कपाल झर्ने समस्याबाट पीडित छन् । मौषमको फेर बदलसँगै कपाल झर्ने समस्या बढ्ने गर्दछ ।

 

अझ जाडो मौषममा त कपाल झर्ने समस्या ले विकराल रुप नै लिन्छ ।

 

कपाल झर्ने समस्या

प्राय जसो युवतीहरु कपाल कोरेर काईयो हेर्दा तर्सिन्छन र त्यसको कारण हो काईँयो सँगै टाँसीएका रौँका जगल्टाहरु ।

 

के तपाई पनि कपाल झर्ने समस्याबाट ग्रसीत हुनुहुन्छ र यसबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदि हो भने निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस । 


 

कपाल झर्ने समस्याबाट बच्ने अचुक उपायहरु:

 

१) तातो पानीले कपाल नधुनुहोस्:

नुहाउँदा सकभर तातो पानी प्रयोग नगर्नुस् । तातो पानीले कपाललाई रुखो तुल्याउँछ र झर्ने समस्या बढाउँछ । चिसो मौषममा तातो पानी प्रयोग गर्नै परेपनि मनतातो पानी प्रयोग गर्नुहोस् । यसले कपाल राम्रो हुन्छ ।

 

२) तेल लगाउनुस्:

यदि तपाईको कपाल झर्छ भने नियमित तेल लगाउने बानी बसाल्नुहोस । तेल लगाइसकेपछि कपाल नुहाउने समयमा राम्रो कण्डिसनर पनि प्रयोग गर्नु राम्रो मानिन्छ । यसले कपालको नमीलाई कायम राख्छ ।

 

३) कपाल कोर्दा पनि तेल प्रयोग गर्नुस्:

तपाइँले कपाल कोर्दा पनि तेलको प्रयोग गर्नु भयो भने यसले कपाल झर्न दिँदैन ।

 

४) भिटामिन खानुस्:

भिटामिन डी कपालका लागि महत्वपूर्ण हुन्छ । यसका लागि विभिन्न ओमेगा ३-६, केराटिन, बायोटिन युक्त खाना खानु पर्छ ।

 

५) केरा सेवन गर्नुस्:

स्वस्थ कपालका लागि केराको सेवन राम्रो मानिन्छ । केरामा मह, नीम वा जैतुनको तेल मिलाएर कपालमा लगाउने र ३० मिनेटपछि सफा गर्ने गर्दा फाइदा हुन्छ । यसले चायाँ पनि हटाउन मद्दत गर्छ ।

 

र यो पनि पढ्नुहोस्:

१) नङ्लाई धेरै लामो बनाउन र भाचिनबाट जोगाउन यस्तो गर्नुहोस
२) मौसम परिवर्तन सँगै प्रभावित भएको कपालको हेरचाहको लागि टप १० टिप्स वा सुझावहरु
३) अनुहारमा निखार ल्याउनुको साथै चमक र आकर्षक बनाउने प्राकृतिक तरिकाहरु

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.