यस्तो छ युट्युवमा अपलोड भएको पहिलो भिडियो

सामाजिक सञ्जाल युट्युवमा हरेक मिनेट ३ सय घण्टाभन्दा बढी भिडियोहरु अपलोड हुन्छन् । युट्युव विशेष गरेर युवाहरुमाझ अति नै चर्चित रहेको छ तर युट्युवको शुरुवात भने केवल १० वर्ष अघि मात्र भएको थियो ।

 

आज सम्म आउदा यस युट्युव भित्र करोडौं भिडियोहरु सञ्चित गरीएका छन् । यी करोडौं भिडियो मध्ये युट्युवमा पहिलो पटक अपलोड भएको भिडियो कुन होला ?

 

 
युट्युवमा पहिलो पटक अपलोड गरीएको भिडियो ‘मि एट दि जु’ नामक भिडियो थियो । यो भिडियो सन् २००५ अप्रिल २३ तारिख साझ ८ बजेर ३१ मिनेट ५२ सेकेण्डमा सनिवारको दिन अपलोड गरिएको हो (Pacific Time Zone) । उक्त भिडियोमा एक युवकलाई चिडियाँखानामा हात्तीहरु हेरिरहेको देख्न सकिन्छ ।