यस्तो छ युट्युवमा अपलोड भएको पहिलो भिडियो

सामाजिक सञ्जाल युट्युवमा हरेक मिनेट ३ सय घण्टाभन्दा बढी भिडियोहरु अपलोड हुन्छन् । युट्युव विशेष गरेर युवाहरुमाझ अति नै चर्चित रहेको छ तर युट्युवको शुरुवात भने केवल १० वर्ष अघि मात्र भएको थियो ।

 

आज सम्म आउदा यस युट्युव भित्र करोडौं भिडियोहरु सञ्चित गरीएका छन् । यी करोडौं भिडियो मध्ये युट्युवमा पहिलो पटक अपलोड भएको भिडियो कुन होला ?

 

 
युट्युवमा पहिलो पटक अपलोड गरीएको भिडियो ‘मि एट दि जु’ नामक भिडियो थियो । यो भिडियो सन् २००५ अप्रिल २३ तारिख साझ ८ बजेर ३१ मिनेट ५२ सेकेण्डमा सनिवारको दिन अपलोड गरिएको हो (Pacific Time Zone) । उक्त भिडियोमा एक युवकलाई चिडियाँखानामा हात्तीहरु हेरिरहेको देख्न सकिन्छ । 


 

हात्ती सँग देखिने यी व्यक्ति नै युट्युबको सह निर्माता जावेद करिम हुन् । यो भिडियो रेकर्ड गर्ने उनकै स्कुलका साथि याकोभ लापिट्स्काइ (Yakov Lapitsky) हुन् ।

 

 

२४० पी को उक्त भिडियो अउपलोड गर्ने युवक थिए युट्युवका सह निर्माता जावेद करिम । युट्युबलाई गुगलले अक्टोबर २००६ मा १.६५ बिलियन डलरमा किनेको थियो। ।

 

युट्युबमा अपलोड भएको पहिलो भिडियोको केहि जानकारीहरु यस प्रकारको छ:

 

वेबसाइट: YouTube
अपलोड गरेको मिति: अप्रिल २३, २००५
प्रकाशित गरेको मिति: अप्रिल २३, २००५
भिडियो खिच्ने व्यक्ति: याकोभ लापिट्स्काइ (Yakov Lapitsky)
अपलोड गर्ने व्यक्ति: जाबेद करीम (Jawed Karim)
भिडियो समय: ०:१९ मिनेट
विधा: फिल्म र एनिमेसन (Film & Animations)

 

सन् २००५ ताका इन्टरनेट त्यति विकसित भएको थिएन । सायद आज भएको भए युट्युवले आफ्नो शुरुवात गर्दा निकै धमाकेदार शुरुवात गर्ने थियो होला ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.