गर्भवतीले धेरै तौल बढाउन नहुने

 

गर्भावस्थाको सुरुका दिनमा आफ्नो तौल धेरै बढाउने गर्भवतीबाट ठूलो र मोटो बच्चा जन्मने सम्भावना तीन गुणा अधिक हुने चेतावनी अमेरिकाको अल्बर्टा विश्वविद्यालयको अनुसन्धान टोलीले दिएको छ ।

 

एक सय ७२ जना गर्भवतीमाथि गरिएको अनुसन्धानबाट गर्भावस्थाको सुरुका हप्तामा आफ्नो तौल बढाउने महिलाबाट तुलनात्मकरुपमा ठूलो र लामो बच्चा जन्मने पत्ता लागेको थियो । 


 

बरु गर्भावस्थाको पछिल्ला महिनामा महिलाले आफ्नो तौल बढाएमा खासै फरक नपर्ने जनाइएको छ ।

 

यस अनुसन्धानले आमा बन्ने तयारीमा रहेका महिलालाई गर्भावस्थाको पूर्वाद्र्धमा सन्तुलित आहार खाने तर आफ्नो तौल धेरै नबढाउन शिक्षा दिनु जरुरी रहेको औँल्याएको छ ।

 

प्रमुख अनुसन्धानकर्ता मार्गी डेभेनपोर्टले भनेका छन्, ‘ गर्भवती बन्ने महिला र स्वास्थ्यकर्मीहरुले गर्भावस्थामा तौल वृद्धिसम्बन्धी निर्देशिकालाई बुझेर त्यसलाई अपनाई स्वस्थ आमा र बच्चाको आधार तयार पार्नुपर्छ ।'

 

गर्भावस्थाको १६ देखि २५ हप्तासम्म मगर्भवतीले आफ्नो तौलमा ध्यान दिनुपर्ने जनाइएको छ ।

 

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.