अहिलेका बालबालिकामा यस कारण यौन परिपक्कता चाँडै देखिन्छ

अहिलेका धेरैजसो बच्चामा स्वभाविक उमेरभन्दा अगाडि नै यौन परिपक्कता देखिन्छ ।

 

अर्थात उनीहरुको यौनाङ्गको विकास, मासिक श्राव, स्तनको विकास आदि चाडै हुन थालेका छन् । नेपालमा मात्र होइन, विश्वकै बालबालिकामा यस्तो परिवर्तन देखिदैछ ।

 

 

आखिर किन अहिलेका बालबालिकामा चाडै यौन परिपक्कता देखिदैछ ?

 

यसमा एउटा मात्र कारण छैन । जलबायु परिवर्तनको प्रभावदेखि, खानपान शैली र यौनजन्य सामग्रीमा उनीहरुको पहुँच जस्ता अनेक कारण रहेको अनुसन्धानकर्ताहरू बताउछन् । 


 

सामान्यत स्वभाविक उमेर भन्दा कम समयमै यौन परिपक्ता आउनु शारिरिक रूपमा खास समस्या देखिदैन् । तर शारीरिक रुपमा जसरी यौन परिपक्कता देखिदैछ त्यस अनुपात मानसिक रुपमा उनीहरु परिपक्क छैनन् ।

 

यसले उनीहरुमा मानसिक समस्या थपिदिएको छ । साथै यौन विकृती समेत निम्त्याएको छ । हामीले विभिन्न माध्यामबाट सुन्दै र पढ्दै आइरहेका छौं कि साना बालबच्चाहरुमा यौन कृत्यको घटना ।

 

१२, १३ बर्षका बालकहरु आफ्नै उमेरकी बालिकामाथि यौन कृत्य गर्न तम्सिएका उदेगलाग्दो घटना सुनिने गर्छ । बालबालिकामा यौन परिपक्कताले निम्त्याएको एउटा खतरा हो यो ।

 

यौन मनोविज्ञहरुका अनुसार अहिले विश्वव्यापी रुपमै बच्चाहरुमा यौनिक परिपक्ता बढ्दै गएको पाइन्छ । यसले अभिभावकमा सुरक्षाको दवाब बढाइदिएको छ । आफ्ना बालबच्चा उनीहरुकै सहपाठीबाट असुरक्षित हुनसक्छन् भन्ने कुरामा सर्तक बन्नुपर्ने अवस्था छ ।

 

यस किसिमको परिवर्तनको पछाडि विश्वव्यापी बढ्दै गएको ग्लोबल वार्मिङदेखि विद्युतिय उपकरणको प्रयोगबाट उत्सर्जन हुने विकिरणले यसमा भूमिका खेलेको बताइन्छ । अहिले बच्चाहरुको खानपानले समेत यौनिक परिपक्ता ल्याउनमा भूमिका खेलेको छ ।

 

खानामा विषादीको प्रयोग, एन्टिबायोटिक्सको प्रयोग अधिक हुने भएकाले त्यसले शरीरमा हर्मोनल गडबडी ल्याएको छ । बोइलर कुखुरालाई छिटो बढ्नका लागि दिने दानापानीमा प्रयोग गरिने एन्टिबायोटिक्स लगायतका तत्व त्यही कुखुराको मासुको माध्यामबाट बालबालिकाको शरीरमा प्रवेश गरेको छ ।

 

सागपात, फलफूल छिटै ठूलो बनाउन, छिटो पकाउन प्रयोग गरिने औषधीहरुको सोझो असर समेत बच्चाहरुको स्वास्थ्यमा परेको छ । यसले उनीहरुमा यौनिक परिपक्कता बढ्दै गएको बताइन्छ ।

 

अहिलेका बच्चाहरुले मोवाइल, ल्यापटप, टिभी आदि माध्यामबाट यौनजन्य सामाग्री सहजै हेर्न सक्छन् । सानै उमेरमा उनीहरु यौनजन्य श्रव्यदृश्य सामाग्रीमा रमाउन थालिसकेका पाइन्छ ।

 

यस्तो किसिमको सामाग्रीले पनि उनीहरुमा यौनजन्य कृत्य गर्न उक्साइरहेको छ । यस समस्याको समाधानको लागि बच्चालाई सानै उमेरमा यौनका बारेमा सही र तथ्यपरक जानकारी दिनुपर्छ ।

 

उनीहरुमा हुने शारीरिक परिवर्तनका बारेमा बुझाउनुपर्छ । मासिक श्राव होस् वा प्रजनन अंगको परिवर्तन, बच्चाहरुलाई त्यसको स्वभाविक प्रक्रियाबारे खुलस्त जानकारी दिनुपर्छ ।

 

आमाबुवाले छोराछोरीसँग मित्रवत् व्यवहार गर्ने, घुलमिल हुने, उनीहरुको मनोदशा बुझ्ने प्रयास गर्नुपर्छ ।

 

र यो पनि पढ्नुहोस्:
१) कसैसँग सपनामा सम्भोग गर्नुको अर्थ के हुन्छ
२) उपवासमा सहवास ?
३) दैनिक हस्तमैथुनका बेफाइदा र हस्तमैथुन रोक्ने उपायहरु
४) गुप्ताङ्गको रौँ किन छिटो छिटो बढ्छ र यसलाई कसरी नरम बनाउने ?

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.