आलु खान मात्र होइन औषधी, सरसफाई वा मेकअप को लागि पनि प्रयोग गर्न सकिन्छ

आलु अर्थात तरकारीको राजा स्वास्थ्यको हिसाबले निकै नै उपयोगी हुन्छ । एक औसत आकारको आलुमा मात्र ११० क्यालोरिज हुन्छ, यसमा फ्याट, सोडियम र कोलस्ट्रोल हुँदैन ।

 

कहिले तरकारी, कहिले चिप्स, कहिले फ्रेन्च फ्राईको रूपमा आलुको प्रयोग भइनै रहेको हुन्छ ।

 

आलुको प्रयोग खानाको लागि मात्र नभएर औषधी सरसफाई वा मेकअप गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ ।

 

आलु
आलु

 

आलुको अन्य महत्वपूर्ण प्रयोगहरु:

१) आलुको प्रयोग भाँडा सफा गर्न:

आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ ।

 

धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ ।

 

यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ । 

 


 

२) आलुको प्रयोग गहना सफा गर्नः

यदि चाँदी वा अन्य गहना कालो भयो भने आलु उमालेर बाँकी रहेको तातो पानीमा डुबाइदिए अथवा काटेको आलु रगडे, त्यसको पुरानो चमक पुन प्राप्त गर्न सकिन्छ ।

 

३) आलुको प्रयोग टाउको दुखाईमाः

शिरमा काटेको काँचो आलु दल्नाले टाउको दुखाईमा कमी आउँछ । ठोक्किँदा या चोट लाग्दा छाला निलो हुन्छ । निलो भएको ठाऊँमा काँचो आलु पिसेर लगाउनाले फाइदा हुन्छ । चोट या दुखाईमा कमी आउँछ र दागहरू पनि हराएर जान्छ । पाचन सम्बन्धी बिमारीलाई काँचो आलुको रस निकै उपयोगी हुन्छ ।

 

४) आलुको प्रयोग अनुहारको दाग हटाउनः

आलुको रसको प्रयोगले अनुहारमा रहेको दाग-धब्बा हटाउनका साथै छालामा निखारता पनि ल्याउँछ । आलुमा हुने पोटासियम, सल्फर, फस्फोरस र क्याल्सियमको मात्रा छालाको सफाई गर्न मद्धत गर्छ । हरेक हप्ता एकपटक आलुको फेस मास्क लगाउनाले छालामा चम्किलोपना आउँछ ।

 

५) आलुको प्रयोग एन्टीसेप्टिक को रुपमा (घाउ आदिमा रोगाणु नाश गर्ने):

शरिरको कुनै भाग जल्यो भने, उक्त स्थानमा आलू लगाउनाले आराम दिन्छ । यति मात्र नभई शरिरको कुनै भागमा चिलाउने समस्या छ भने काटेको आलु रगड्दा पनि आराम मिल्छ ।

 

६) आलुको प्रयोग तरकारीको स्वाद नमिठो भएः

यदी सुप वा तरकारीमा नुन अलि बढि भयो भने काटेको आलुको स-साना टुक्रा हाल्ने र एकछिन पकाउने । सुप या तरकारी तयार भएपछि आलुलाई निकाल्ने । यसो गर्नाले सुपको स्वाद ठिक हुन्छ ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.