दोश्रो पटक तताउन नहुने खानाहरु

सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।

 

कतिपय अबस्थामा हामी खाना पहिल्यै पकाउछौ र केहि काममा भुलेपछि फेरी तताएर खाने गर्छौ । वा खाना खाइसकेपछी बचेको खाना फेरी तताउने गर्दछौ ।

 

 

तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।

 

तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ ।

 

त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

 

दोश्रो पटक तताउन नहुने खाने कुरा के के हुन् ?

 

१) भात:
भातलाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।

 

२) आलुको परिकार:
आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।

 

३) पालुङ्गो
 (पालकको साग):
पालुङ्गो पनि एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।

 

४) कुखुराको मासु:
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । बाँकी बचेको कुखुराको मासुलाई सलाद वा अन्य खानेकुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।

 

५) च्याउ (मशरुम)
:
च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।

 

६) पानी:
के तपाई एक पटक उमालेको पानी फेरी तताएर वा उमालेर पिउनुहुन्छ ? यदि यस्तो बानी छ भने पछुताउनु पर्ला ! यसो गर्नाले क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

 

र यो पनि पढ्नुहोस्:

१) यि ५ किसिमका मानिसहरुले लसुन सेवन गर्नु हुदैन
२) वैज्ञानिक भन्छन्ः सावधान ! खतरनाक हुन सक्छ कुखुराको मासु
३) आलु खान मात्र होइन औषधी, सरसफाई वा मेकअप को लागि पनि प्रयोग गर्नुहोस्
४) के तपाई कोकाकोला सँग दुध मिसाएर खानुहुन्छ ? ख्याल गर्नुस है !
५) दुधसँग यि खानाहरू भुलेर पनि नखानुहोस्, नत्र भने .........
६) कोकाकोला पिएपछि हाम्रो शरीरलाई कस्तो असर गर्छ र कोकाकोलाको वास्तविक प्रयोग के हो ?
७) भियतनाममा फल्यो स्तन जस्तो फल

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.