भारतमा भुलवस चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड बोकेर चीनको बिरूद्ध बिरोध प्रदर्शन गरिरहे

जबदेखि गाल्वान भ्याली (Galwan Valley) झडप भयो, तब देखि चीनको बहिष्कार गर्ने आवाज भारतमा देशभर सुनिन थाल्यो ।

 

कतिपय व्यक्तिहरूले चिनियाँ सफ्टवेयरको स्थापना हटाउन लागिपरेका छन् त कतिले प्रयोग गर्न नहुने चिनियाँ उत्पादनहरूको सूचि आदान प्रदान  गर्न व्यस्त छन्।

 

 
भारतमा चीनको बिरूद्ध बिरोध प्रदर्शन गर्दा चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड
भारतमा चीनको बिरूद्ध बिरोध प्रदर्शन गर्दा चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड

 

सूरतमा एउटा परिवारले आफ्नो टिभीलाई बाल्कनीबाट बाहिर निकालेर मिल्काईदिएकाछन् ।

 

र  सिलिगुडीको लोकप्रिय हङ्कङ् बजारमा (Hongkong Market) पसल मालिकहरूको समूहले उक्त नाम परिवर्तन गर्ने र सम्पूर्ण बजारमा चिनियाँ उत्पादनहरू नबेच्ने निर्णय गरे। 

 

यी चीन विरोधी भावनाका केहि अग्रणी उदाहरणहरू हुन्, जसले देशलाई व्यापक रूपमा लिइराखेका छन् । 


 

तर रोचक र हाँसो उठ्दो कुरो तब भयो जब चिन विरुद्ध नारा लगाउदा उनिहरुले चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड बोकेर चीनको बिरूद्ध बिरोध प्रदर्शन गरिरहे ।

 

 

चिनियाँ उत्पादनको बिरूद्ध यस सम्पूर्ण हल्लाखल्लामा नारा जुलुस गर्नेहरुमा ज्ञानको गम्भीर अभाव रहेको देखिन्छ र धेरैलाई अझै थाहा छैन वा अस्वीकार गर्ने कुरा के हो भने, भारत अझै चीनमा भारी निर्भर छ।

 

र उक्त तस्बिर मजाकको रुपमा अनलाईनमा भाईरल भईरहेको छ ।

 

श्रोत: Indiatimes

 

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.