धार्मिक मानिसले हेर्छन् झन् बढि अश्लिल चलचित्र

एउटा सोधको अनुसार धर्म कर्म गर्ने व्यक्ति अर्थात धार्मिक (आध्यत्मिक) मानिसहरुलाई अश्लिल चलचित्र वा पोर्नोग्राफीको लत धेरै नै हुने गरेको पाईएको छ ।

 

यि व्यक्तिहरुमा सामान्य मान्छेहरुको भन्दा पोर्न फिल्म अर्थात अश्लिल सामाग्री हेर्ने बानी अधिक मात्रामा हुन्छ।

 

यस सोधका मुख्य लेखक तथा केस वेस्टर्न रिजर्व यूनिवर्सिटीमा साइकोलोजी अध्यान गर्दै गरेका छात्र जोशुआ गुब्र ले उक्त सोधाबाट आएको परिणाम (जानकारी) ले सबैलाई अचम्मित बनाएको जानकारी दिए ।

 

 

किनभने, हामी धार्मिक मान्छेहरुबाट यस्ता यौन जन्य कुराको अपेक्षा गर्दैनौ । 

 

गुब्रले मान्छेको विश्वासको शक्ति, धार्मिक प्रथा, अनलाईमा पोर्न हेर्ने बानी तथा यस विषय प्रतिको नैतिक धारणाका बारेमा छुट्टा छुट्टै सर्वेक्षण गरेका थिए ।

 

पहिलो खोजमा (मान्छेको विश्वासको शक्ति) अमेरिकी यूनिभर्सिटिको ३३१ स्नातक भन्दा तलका महिला बिद्यार्थीहरुले भाग लिएका थिए।

 

दोस्रो सोधमा (धार्मिक प्रथा) ९७ धार्मिक संबद्ध विश्वविद्यालयका छात्राहरुले भाग लिएका थिए।

 

तेस्रो सोधमा (अनलाईमा पोर्न हेर्ने बानी) २०८ जना वयस्कहरुमा आनलाईन सर्वेक्षण गरिएको थियो।

 

र अन्त्यमा उक्त सर्वेक्षणको निष्कर्षबाट यो थाहा भयो कि धार्मिक मानिस अनि पोर्न चलचित्र वा सामाग्री हेर्ने मानिस बीच केहि सम्बन्ध हुँदैन ।

 

यस अध्यनले धार्मिक मान्छेहरुमा पनि पोर्न सामाग्री हेर्ने लत हुन्छ र यस्ता व्यक्तिहरुले धेरै अनलाईन पोर्न फिल्म हेर्ने गरेको निष्कर्ष निकालेको छ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.