पुरुषहरुको लिङ्गको बारेमा थाहा नभएका केहि रोचक तथ्यहरु यस्ता छन्

हाम्रो समाजमा यौनका बारेमा कुरा गर्दा धेरै जसो अप्ठ्यारो मान्ने गर्दछन् । अहिलेको आधुनिक युगमा आएर पनि यौन वा लिङ्गको बारेमा कुरा गर्ने व्यक्तिहरुलाई समाजको कलङ्क मानिन्छ ।

 

तर एकपटक हामी गहिरिएर सोचौ त, के पुरुषको लिङ्ग र महिलाको योनी बिना मानवजातिको अस्तित्व सम्भव छ ?

 

बाहिर यस्ता कुराको छलफल समाजको डरले गर्न नसके पनि हामी हाम्रो अन्तरमनमा वा हितेसीहरु सँग यौनमा बारेमा छलफल गर्ने गर्दछौ ।

 

 

हाम्रो समाजले वा हामी आफै जति नै यौनलाई दबाउन खोजे पनि, सबैलाई थाहा नै छ कि हामी भित्राभित्रै हरपल अनौठो अनि रोचक गुप्ताङ्गको बारेमा जिज्ञासा राख्ने गर्दछौ । 

 

हामीहरुलाई थाहा नभएका पुरुषहरुको लिङ्गको केहि रोचक तथ्यहरु यस प्रकारका छन्:

१) पुरुषको लिङ्गलाई अङ्ग्रेजीमा पेनिस (penis) भनिन्छ जुन ल्याटिन भाषाबाट साभार गरिएको हो र यसको अर्थ “पुच्छर” हो ।

 

२) उत्तेजित लिङ्गलाई २ प्रकारले विभाजन गर्न सकिन्छः लामो र मोटो । विश्वमा २१ प्रतिशत पुरुषहरूको लिङ्ग उत्तेजित हुँदा मोटो हुन्छ भने बाँकी ७९ प्रतिशत पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ। साधारणतया, मङ्गोलियन जातीका पुरुषहरूको लिङ्ग छोटो र मोटो हुने र आर्यन जातीका पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ।

 

३) लिङ्ग उत्तेजित भएको अवस्थामा यसको सरदर लम्बाई ४.५ इन्च देखि ६ इन्चसम्म हुन्छ। यो आँकडा विश्वभरीकै मानिसहरूको सरदर आँकडा हो। तैपनि, कतिपय पुरुषहरू आफ्नो लिङ्गको आकार देखि असन्तुष्ट हुने गर्दछन्। तर महिलाहरूलाई आफ्नो साथीको लिङ्गको आकारमा कुनै पनि चासो राख्दैनन्।

 

४) ‘अप्सराको कामेच्छा’ (Angel’s Lust) भनेको मरिसकेको मानिसको पनि लिङ्ग उत्तेजित हुने स्थितिलाई बुझाउँदछ।

 

५) पृथ्वीमा भएका जतिपनि भाले प्राणीहरू छन्, तिनीहरूको दाँजोमा ‘भाले मानिसहरु’को लिङ्ग सबैभन्दा ठूलो हुन्छ। किनभने, लिङ्गको आकारलाई तुलनात्मक हिसाबले नापिन्छ। जस्तै, भाले हात्तीको लिङ्ग हाम्रो तुलनामा धेरै ठूलो हुन्छ, तर उनीहरूको शरीरसँग तुलना गर्ने हो भने, उनीहरूको लिङ्ग हाम्रो भन्दा धेरै सानो हुन जान्छ। त्यसको मतलब, मानिसको शरीर सानो भएपनि, तुलनात्मक रूपमा लिङ्ग चाहिँ अरू प्राणीको भन्दा ठूलो हुने गर्दछ।

 

६) सरदर एक पुरुषको लिङ्ग २४ घण्टामा ११ चोटी उत्तेजित हुन्छ, जसमध्ये ९ चोटि रातीको बेला उत्तेजित हुन्छ।

 

७) लिङ्ग पूर्णरूपले कडा हुनको लागि १३० मिलिलिटर रगतको सञ्चार हुनुपर्दछ, र त्यति रगत २ माइल प्रतिसेकेण्डको गतिमा दौडिनुपर्दछ। यो गति प्राप्त गर्नको लागि, शिथिल लिङ्गमा फिँजिएर बसेका साना-साना नसाहरूले (जसको व्यास ०.५ मिलिमिटर हुन्छ) आफ्नो आकार दोब्बर/तेब्बर बनाउँदछ र रगतलाई उक्त गतिमा बहाउँदछ।

 

८) विर्य स्खलन हुनको लागि मस्तिष्कले नभई मेरुदण्डले सिग्नल पठाउने गर्दछ। अचम्म छ हैन त? हामीले अहिले सम्म दिमागले सिग्नल पठाउँछ भन्ने ठानेथ्यौँ !

 

९) इतिहासमा रेकर्ड गरेअनुसार अहिले सम्मकै सबैभन्दा सानो लिङ्ग भनेको १ इन्चको ५/८ भाग मात्र रहेको पाइन्छ। तथापी, सबैभन्दा ठूलो लिङ्गको लम्बाई १३ इन्छ रहेको पाइएको छ।

 

१०) परिपक्व पुरुषहरूको मात्र लिङ्ग उत्तेजित हुन्छ भन्ने भ्रममा हुनुहुन्छ भने जाग्नुहोस। किन भने आमाको गर्भमै रहेको बच्चाको पनि लिङ्ग उत्तेजित हुने गर्दछ।

 

११) वास्तवमा, हाम्रो लिङ्गको आकार हामीले देख्ने भन्दा दोब्बर हुन्छ। लिङ्गको आधा भाग त भित्री हाडसँग टाँस्सिएर बसेको हुन्छ। लिङ्गलाई हाडसँग टाँस्सिएको जरा देखि टुप्पासम्म हेर्ने हो भने ‘हँसिया’को जस्तो आकार देखिन्छ।

 

१२) धुम्रपान गर्नाले लिङ्गको आकार घट्ने अनुसन्धानबाट पाइएको छ। धुम्रपानले हाम्रो रक्तनलीको भित्तामा क्याल्सियमले ढाक्ने गर्दछ, जसको कारणले लिङ्ग उत्तेजित हुँदा रक्तसञ्चारमा बाधा पुग्दछ र लिङ्गको पूर्ण क्षमतामा कमी हुँदै जान्छ।

 

१३) कुनै-कुनै व्यक्तिको २ वटा लिङ्ग समेत भएको पाइन्छ, त्यस्तो अवस्थालाई ‘डिफालिया’ (Diphallia) भनिन्छ।

 

१४) मानिसको लिङ्गमा कत्ति पनि हाड हुँदैन। तैपनि, कसै-कसैको ‘लिङ्ग भाँच्चिएको’ खबर सुनिन्छ। वास्तवमा, उत्तेजना भएको बेलामा रगतको तीब्र गतिले गर्दा लिङ्गमा भएका फाइबर तन्तूहरू तन्किन जान्छ, जसले गर्दा लिङ्ग ठाडो र साह्रो हुन जान्छ। त्यसैले ‘लिङ्ग भाँच्चिनु’ भनेको यही तन्तूहरूको क्षय हुनुलाई जनाउँदछ। यस्तो हुनेबित्तीकै लिङ्ग शिथिल हुन्छ र अकल्पनीय पीडा हुने गर्दछ।

 

१५) प्रत्यक ४०० मध्ये १ पुरुष यति धेरै लचिलो हुन्छन् कि उनिहरूले आफ्नो लिङ्ग आफ्नै मुखमा राखेर मुख मैथुन गर्न सक्छन् ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.