दुधसँग यि खानाहरू भुलेर पनि नखानुहोस्, नत्र भने .........

हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थहरु मध्य दुध पनि एक पौष्टिक आहार हो । अझ साकाहारीहरुको लागि त झन् दुध सबै भन्दा राम्रो र भरपर्दो पौष्टिक आहार नै हो ।

 

दुधले हाम्रो स्वास्थ्यमा धेरै नै फाइदा पुर्याउने गर्दछ । र यसले मष्तिष्कलाई पनि निकै फाइदा गर्दछ । यदी हामी दैनिक रुपले एक गिलास दुध पिउछौ भने यसले हाम्रो मष्तिष्कलाई निकै फाइदा पुर्याउछ ।

 

गाई र दुध

 

तर यदी दुधको दुरुपयोग अर्थात् दुधको प्रयोग गर्दा केहि कुरामा ध्यान दिईएन भने दुधले फाइदा भन्दा बेफाइदा धेरै गर्ने सम्भावना बढी हुन्छ । दुधको प्रयोग कुन-कुन अबस्थामा गर्नुहुदैन त्यो तलका बुदाहरुमा खुलाइएको छ । 


 

दुध खान नहुने केहि अवस्थाहरु यस प्रकार छन्:

 

१) दुधसँग नुन र करेला कहिल्यै पनि खानु हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्ने गर्दछ ।

 

२) दुधसँग मूला, जामुन, माछा जस्ता पदार्थहरु पनि सेवन गर्नु हुँदैन । यी चीजहरु दुधसँग खादा झन् उल्टै नकारात्मक असर गर्ने गर्दछ । यसरी दुध सेवन गर्दा छालामा पनि समस्या आउन सक्छ ।

 

३) दुध खान साथ दहि कहिल्यै पनि पिउनु हुदिन । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुने गर्दछ ।

 

४) दुधसँग कागती लिनु पनि निकै हानिकारक नै हन्छ । त्यसैले दुधसँग कागती भुलेर पनि नखाऔ ।

 

५) दुध र तिल सँगसँगै सेवन गर्नु पनि हानिकारक नै हुन्छ । यसरी दुध र तिल सेवन गर्दा पनि छाला सम्बन्धी रोग आउन सक्ने बढी सम्भावना हुन्छ ।

 

सुत्नु भन्दा दुई-तीन घण्टा अगाडि दुध पिउदा फलदाई नै हुन्छ । तर, सुत्नु भन्दा अगाडि तातो-तातो दुध पिउनाले स्वप्नदोष हुने सम्भावना धेरै नै हुन्छ ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.