पुरूषले सपनामा महिलालाई कस्तो अवस्थामा देख्दा कस्तो फल पाउँछन्

ज्योतिष शास्त्रका अनुसार मानिसले देख्ने हरेक सपनाले पनि फरक फरक महत्व राख्ने गर्दछ । सपनामा हाम्रो भविष्य सँग पनि जोडिएको हुन्छ ।

 

सपनामा देखिने घटना तथा संकेतहरुले भविष्यमा के-के हुन सक्छ भन्ने अनुमान लगाउन सकिने ज्योतिष शास्त्रका ज्ञाताहरु बताउँछन् ।

 

 

सपनामा पनि पुरूषहरूले देख्ने महिलाहरूको फरक-फरक अवस्थाले पनि फरक-फरक फलको संकेत गर्ने गर्छ । 

 

केही सपनामा देखिने महिलाहरूको फरक-फरक अवस्थाले भविष्यमा पुरूषहरुले पाउने फलहरू यस प्रकार छन्:

१) सेतो साडि लगाएकी वृद्ध महिला:
सपनामा सेतो साडि लगाएकी वृद्ध महिला देख्ने पुरूषले भविष्यमा धन प्राप्त गर्न सक्छन् । साथै उनिहरुलाई सामाजिक मान सम्मान पनि प्राप्त हुन सक्छ ।

 

२) गहनामा सजिएकी महिला:
यदि कोहि महिला गर-गहनामा सजिएको देखिएमा या श्रृंगार गरेकी महिला देखिएमा रोकिएका अधुरा काममा सफलता मिल्नेछ भने अन्य कामबाट पनि लाभ प्राप्त हुन्छ ।

 

३) किशोरी देखिएको खण्डमा:
सपनामा यदि कोही जवान किशोरीहरु देखिएमा उक्त पुरूषले खुसी तथा धन प्राप्त गर्न सक्छन् ।

 

४) सुन्दर महिला या परी देखेमा:
यदी कुनै पुरूषले सुन्दर महिला या परीलाइ सपनामा देखेमा उसलाई सुख र धन प्राप्त हुन सक्छ साथै पारिवारिक विवाद साम्य हुने र शुभ समाचार सुन्न पाउँछन् ।

 

५) श्रीमतिसँग झगडा:
यदी कुनै पुरूषले सपनामा श्रीमतीसँग झगडा गरिरहेको देखेमा कुनै समस्या आउन सक्ने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

 

६) हासिँरहेकी महिला:
महिला हासिरहको सपना देख्ने पुरूषलाई भविष्यमा प्रसस्त धन लाभ हुने सम्बावना रहन्छ ।

 

७) कुरूप काली महिला देखेमा:
यदी कोही कुरूप महिला वा कालो रंगको लुगा पहिरिएकी महिला देखेमा उक्त पुरूषलाई कठिन समयको सामना गर्नुपर्ने हुनसक्छ ।

 

८) महिलासँग कुराकानी:
सपनामा महिलासँग कुराकानी गरिरहेको देखेमा सामाजिक सम्मान पाउने सक्ने सम्भावना रहन्छ ।

 

९) बृद्ध महिला हाँसिरहेको देखेमा:
यदी कुनै पुरूषले बृद्ध महिला हाँसिरहेको सपना देखेमा निकट भविष्यमा सुख प्राप्त हुन्छ ।

 

१०) महिलाको आलिङ्गनमा आफुलाई देखे:
यदी कुनै पुरूषले आफूलाई कुनै महिलाको आलिङगनमा सपनामा देखे उसलाई निकट भविष्यमा सुख प्राप्त हुन सक्छ ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.