विश्वमै धेरै कार नेपालमा

के रे, विश्वमै धेरै कार नेपालमा ???? हजुर ! हो भन्या ……… । तपाईहरुलाई विश्वास लागेन है ? तर यो सत्य हो । यसले सधैं नहुने कुरा मात्र गर्छ भन्दै हुनुहुन्छ भने त्यसो नभनीहल्नोस न यार ! म त real कुरा न गरिरहेछु ।

 

 

नेपाललाई हामीले नभुझेर वा बुझ्ने कोशिस नगरेर मात्र हो होइन भने त नेपाल के कुरामा अगाडी छैन र ? फेरी मैले यसो भन्दैमा कसैलाई भ्रममा पार्न पनि त खोजेको होइन नि । मैले त केवल सत्यलाइ उजागर गर्न मात्र खोजेको हुँ ।

 

देवकोटाले नेपाल सानो छैन यो धेरै ठुलो छ भनेका थिए साएद त्यसैले होला यहाँ विश्वमै धेरै कारहरु हुन पुगे । फेरी यति सानो देश र थोरै जनसंख्या भएको देशमा कसरी यति धेरै कार हुन सक्छ ? सबैको मनमा यही प्रश्न आउन सक्छ । 

 

त्यसो भए ल आउनुहोस म त नेपालमा भएका कार मात्र होइन यिनका ब्रान्ड समेत विस्तृत रुपमा खुलाइदिनेछु । अनि मात्र तपाईहरुले विश्वास गर्नुहुनेछ । हाम्रो नेपालमा कुन-कुन ब्रान्डका कार धेरै छन् म त्यही अनुरुप सो कारलाई अगाडी लेखेको छु । कृपया तल माथि पार्न गएमा क्षमा चाहन्छु । मैले गरेको सर्वेक्षणमा जे पाएँ मैले त्यहीं नै राखेको हुँ ।

 

१) हाहाकार:
हाम्रो देशमा सबै भन्दा धेरै पाइने कार हाहाकार नै हो । मलाई जहाँ सम्म लाग्छ हाम्रो पूर्ण स्वोदेशी उत्पादनको यस कारले अरुकुनै अन्तराष्ट्रिय कार कम्पनीलाई नेपालमा top हुन दिएको छैन । हाम्रो देशमा यो हाहाकार बाटोमा मात्र नभएर घर-घरमा, विद्यालयमा राजनीतिमा र गर्दा गर्दा सिंगो राष्ट्रमा नै यस कारको धेरै उपयोग भएको छ ।


विदेशमा कारहरु बाटोमा मात्र गुड्छन तर हम्रो देशको हाहाकार त बाटो देखि घर व्यापार उद्योग सबै ठाउँ ठाउँमा गुड्छन् । अरु कार इन्धन नपाउदा गुड्न सक्दिनन तर हाम्रो हाहाकार त झन् इन्धन नहुदाँ धेरै गुड्छ ।


सायद त्यसैले होला यो कार धेरै नै लोकप्रिय भएको । हाम्रो देशमा पानि नपाए पनि हाहाकार नै चल्छ, विजुली नपाए पनि हाहाकार नै चल्छ ।


त्यसैले यो हाम्रो देशको १ नुम्बरको कार हो । सायद हाम्रो देशको यही हाहाकार ब्रान्डको संख्या बराबरको कार अरु कुनै देश मै छैन होला । जता गए पनि हाहाकार नै हाहाकार छ । यो हाहाकार नेपाल मा नअटाएर विदेश तिर पार्किंग गर्नु पर्ने स्थिति आइसक्यो ।

 

२) पुकार:-
हाहाकार पछी को नेपालमा चल्ने कार पुकार नै हो । जहाँ हेर्नुहोस त्यहाँ पुकारको कभरिंग नै पाउनुहुनेछ । यो यति सम्म प्रयोगमा आऊछकी यसलाई बाटामा हिड्ने केहि नभएका व्यक्ति देखि सबथोक भएका वर्ग सम्म यसको नै प्रयोग हुन्छ । स-साना बाछाले समेत पुकारको प्रयोग गर्छन । स्कुल/कलेज जादा प्रायले पुकार नै लगेर जाने गर्दछन र आउछन् पनि त पुकार लिएर ।

 

३) खकार:-
यो खकार पनि हाम्रो देशमा धेरै नै पाइन्छ । जता गयो त्यति खकार मात्र हुन्छ । यो खकारले ह्न्रो देशको पुरै बाटो नै ढाक्न लागि सक्यो ।

 

४) चित्कार:-
यो चित्कार हाम्रो देशमा प्राय जसो आइनै रहन्छ । अहिलेको नेपालमा साना बच्चा र नारीहरुको चित्कार धेरै नै प्रख्यात बएको छ । यो चित्कारलाई आतंकले र बढ्दो अपराधले झन् यसको उत्पादन र प्रयोगमा टेवा पुर्याई दिएको छ ।

 

५) बलात्कार:-
हाम्रो देशमा यो बलात्कार को प्रयोग धेरै पहिले देखि हुदै आएको छ । यो बलात्कारलाई चल्न नदिन जति प्रयास गरे पनि यो कार चल्न छोडेको छैन । यो करको दुर्घटनमा परेर धेरै बालिका र महिलाहरुले ज्यान गुमाइसकेका छन् ।

 

६) चमत्कार:-
यो चमत्कार हाम्रो देशको चर्चामा हुने मात्र कार हो यसको प्रयोग गर्न यहाँका नेपालीले पाएका छैनन् । धेरै नेताहरुले यो कार नेपालमा ल्याएर देखाइदिने कुरा मात्र गर्छन तर भित्र्याउनसकेका छैनन् । यो चमत्कार पनि नेपालको लागि एउटा सपना जस्तै भएको छ ।

 

७) धिक्कार:-
धिक्कार यस्तो कार हो जुन कुनै वक्तिले सफलता पाउन सकेन भने दिइन्छ । यहाँ यो कार दिनलाई जो कोहि पनि लागि परेको हुन्छ ।

 

८) डकार:-
यो कारको त कुरै नगरौं हामीले जे खाएपनि तुरुन्तै डकार आउछ । खान साथ् जब डकार आउछ भने नेपालमा कार नभएर कहाँ होला त ?

 

अब त विश्वास गर्नु भयो होला नि है नेपालमै धेरै कार छन् भनेर ! के मैले झुट बोलेको रहेछु त ? अझ यहाँ त यस्ता कार कति छन् कति नलेखेर मात्र हो । यहाँ धेरै कार छन् भन्नलाई यति भए पुग्ने भएकोले अरु नल्याईएको हो ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.