मान्छे १,००,००० वर्षपछि यस्तो देखिनेछ

अहिलेको मानवसम्म आउदा मान्छेले आफ्नो धेरै विकासका चरणहरु पार गरेर आएको छ । यसै क्रममा अहिलेको मानब १,००,००० वर्षपछी कस्तो देखिएला ?

 

यो प्रश्न धेरैको मनमा आउन सक्छ । र आखिर कस्तो देखिन्छ होला त भनेर पनि जान्न मन त अवश्य पनि लाग्ने नै छ ।

 

 

यस्तै प्रश्नमा वाशिङ्टन विश्व विद्यालयका Dr. alan Kwanca (a doctorate in computational genimics) भन्छन् अहिलेको र त्यो समयको मानवमा धेरै परिवर्तनहरु भएका हुनेछन् ।

 

आखिर के के परिवर्तन हुने रहेछ र १,००,००० वर्षपछि मान्छे कस्तो त्यो जान्न सबैलाई उत्सुक हुनु सोभाबिक नै हो ।

 

त्यसका लागि Dr. alan Kwanca ले २०,०००, ६०,००० र अन्त्यमा १,००,००० वर्षको जिवन चक्र प्रस्तुत गरेका छन् । 


 

१) वर्तमान अवस्था (अहिले):

 

 

यो तस्विर अहिलेको समयको हो । र यो तस्विर सामन्य छ । अहिले हामिहरु जस्तो देखिन्छौ यस तस्बिरमा पनि त्यस्तै नै देखिएका छौं । केहि पनि परिवर्तन भएको छैन ।

 

२) २०,००० वर्ष पछि:

 

 

यस तस्विरमा केहि सामान्य परिवर्तनहरु देखिएका छन् । तर विशेष परिवर्तन चाहिँ भएको छैन । यहाँ टाउकोको आकार अलि बढेर ठुलो भएको छ, मानिसको दिमाग बढ्ने छ र त्यहा दिमाग समावेस हुनको लागि टाउकोको आकार पनि स्वत बढ्ने छ ।

 

आखाँमा देखिएको पहिलो गोलो घेरा (ring) चाहिँ स्पेसल लेन्स हुन् जस्ले अहिलेको google glass को काम गर्नेछ तर धेरै नै शक्तिसाली हुनेछ ।

 

३) ६०,००० वर्ष पछि:

 

 

यहा सम्म आइपुग्दा मानवमा मुख्य र अलि बढि नै परिवर्तन देखिनेछ । टाउकोको आकार पहिलेको भन्दा अझ ठुलो हुने छ र आँखाको आकार पनि बढेर ठुलो हुनेछ ।

 

यसो हुनु सौर्यमण्डलको human colonization नै मुख्य कारण हुनेछ । मान्छेहरु सुर्य र यसको प्रकाशबाट टाढा रहने छन्, जहा थोरै वा ज्यादै न्युन मात्रामा प्रकाश हुनेछ ।

 

स्किन पिग्मेन्त्स बदलिनेछ र हमिलाई सुर्यको बिकिरणहरु (ultra voilet rays) बाट बचाउन आँखाको ढकनि अलि नै बाक्लो हुनेछ (तिनि हरुको लागि जो ozonelayerको बहिर काम गर्ने छन्) ।

 

४) १,००,००० वर्ष पछि:

 

 

यो अवस्था सम्म आईपुग्दा हाम्रो आँखा ठुला र जापानिज manga-styleको हुनेछ । हाम्रो आँखाको चमकले गर्दा कम उज्यालोमा पनि प्रस्टसगँ देखिनेछ । यसका साथै नाकका प्वालहरु ठुला हुनेछन् ।

 

जसले गर्दा अरु ग्रहहरुमा जादा सास फेर्न सजिलो हुनेछ । र गर्मिको नोक्सान बाट बचाउन बाक्लो कपाल हुने छ ।

 

पुनश्च, Nickolay and Dr. kwan भन्छन् यो कुनै भविष्यवाणी नभएर समयको संभव अटकल मात्र हो ।

 

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.