गर्भवतीले धेरै तौल बढाउन नहुने

 

गर्भावस्थाको सुरुका दिनमा आफ्नो तौल धेरै बढाउने गर्भवतीबाट ठूलो र मोटो बच्चा जन्मने सम्भावना तीन गुणा अधिक हुने चेतावनी अमेरिकाको अल्बर्टा विश्वविद्यालयको अनुसन्धान टोलीले दिएको छ ।

 

एक सय ७२ जना गर्भवतीमाथि गरिएको अनुसन्धानबाट गर्भावस्थाको सुरुका हप्तामा आफ्नो तौल बढाउने महिलाबाट तुलनात्मकरुपमा ठूलो र लामो बच्चा जन्मने पत्ता लागेको थियो ।