उपवासमा सहवास ?

प्रत्येक व्यक्तिका लागि यौन सम्पर्क अत्यन्त गोपनीय र निजी अनुभव हो । यौन जीवनलाई आनन्ददायी बनाउन मानिसले आफ्नै तौरतरिका अपनाउने गर्छ ।

 

विभिन्न समय र तरिका अपनाएर सहवासको अनुभव बटुल्ने यौन जोडीहरूले व्रत बसेको दिनमा पनि यौन सम्पर्कको अनुभव लिन चाहेका भेटिएका छन् ।

 


उपवास बसेको समयमा सहवास गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरैमा अन्योल र जिज्ञासा रहेको चिकित्सकहरू बताउँछन् । उपवासको सहवासमा रुचि राख्दै यौन विशेषज्ञकहाँ जिज्ञासा लिएर पुग्ने पनि धेरै भेटिन्छन् ।

 

यस्ता जिज्ञासा लिएर आउनेहरूलाई चिकित्सकहरूले व्रतको समयमा धार्मिक पक्षदेखि लिएर व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले पनि सहवास गर्नु राम्रो हुँदैन भन्ने जवाफ दिने गरेका छन् । 

 

लामो समयदेखि यौन समस्याका विषयमा परामर्श प्रदान गर्दै आइरहेका चिकित्सक डा. समन रूपाखेती उपवासको समयमा महिला हुन् वा पुरुष, दुवै जना शारीरिक तथा मानसिक रूपमा कमजोर हुने भएकाले सहवास नगर्दा नै राम्रो हुने बताउँछन् ।

 

'अझ तीजको समयमा त महिलाहरूले पानी पनि नखाई व्रत बसिरहेका हुन्छन्,' उनले भने, 'यस बेला उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। शरीरमा बाहिरबाट शक्ति नजाने र भित्र भएको शक्तिले नै लामो समयसम्म काम गरिरहेको हुन्छ ।

 

यस्तो बेला सहवास पीडादायी हुनसक्छ ।' उनका अनुसार सहवासको समयमा शरीरबाट शक्ति खर्च हुने भएकाले उपवासको समयमा सहवास फाइदाजनक हुँदैन ।

 

चिकित्सकका अनुसार उपवासको समयमा पुरुषले महिलाको इच्छा नबुझी सहवास गरेमा त्यसले समस्या उत्पन्न गर्नसक्छ । डा. ध्रुवप्रसाद सिंहका अनुसार सहवास सुरु गर्नुअघि यसका सीमा, मर्यादा र नैतिक मान्यतामा ध्यान दिनुपर्छ ।

 

'सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सहवासबाट आनन्द होइन, पीडा प्राप्त हुन्छ,' उनले भने, 'महिलाको इच्छाविरुद्ध सहवास गर्न खोज्नु बलात्कार हो ।'

 

डा. रूपाखेतीका अनुसार उपवासको समयमा धर्मशास्त्रले पनि सहवास गर्नु हुन्न भनी उल्लेख गरेकाले यो समयमा महिलाहरू सहवासका लागि राजी हुँदैनन् ।

 

'धर्मको कारण पनि महिलाहरू यो दिन सहवास गर्नु हुन्न भन्ने मनस्थितिमा रहेका हुन्छन्,' उनले भने, 'उनीहरूको मनस्थिति नै सहवासविरुद्ध हुने भएकाले यस्तो बेला पुरुषले सहवासको प्रयास गर्नु हुँदैन ।'

 

उपवासको दिनमा यौन आनन्द लिन खोज्नु मूर्खता हुने डा. सिंह बताउँछन् । 'सहवासका लागि अरू दिन छँदै छन् नि,' उनले भने, 'उपवास बसेर कमजोर भएको समयमा किन सम्पर्क गर्नुपर्यो ?'

 

उनका अनुसार जब कुनै निश्चित सीमाभित्र रहेर सामाजिक मर्यादाहरूको पालना गर्दै यौन इच्छा पूर्ति गरिन्छ, तबमात्र शरीर स्वस्थ रहनसक्छ र यौन जीवन सुखमय हुन्छ ।

 

यौनविशेषज्ञका अनुसार यौन समागमलाई अत्यन्त आनन्ददायक बनाउन पति–पत्नी दुवैले एकअर्काका प्रतिक्रिया र आवश्यकता बुझ्नुपर्छ ।

 

र यो पनि पढ्नुहोस्:

१) अहिलेका बालबालिकामा यस कारण यौन परिपक्कता चाँडै देखिन्छ
२) दैनिक हस्तमैथुनका बेफाइदा र हस्तमैथुन रोक्ने उपायहरु
३) पुरूषले सपनामा महिलालाई कस्तो अवस्थामा देख्दा कस्तो फल पाउँछन्
४) के तपाईलाई ढाड दुख्ने समस्या छ ? यदि छ भने परम्परागत सहवास गर्नुस्
५) कसैसँग सपनामा सम्भोग गर्नुको अर्थ के हुन्छ
६) विहान उठ्ने वित्तिकै कहिले पनि नगर्नुहोस् यी ५ काम, उठ्ने वित्तिकै सहवास त गर्दै नगर्नुहोस्
७) सेक्समा अव्वल हुन्छन् होचा व्यक्ति
८) पुरुषहरुको लिङ्गको बारेमा थाहा नभएका केहि रोचक तथ्यहरु यस्ता छन्
९) धार्मिक मानिसले हेर्छन् झन् बढि अश्लिल चलचित्र
१०) उठी उठी कहिल्यै पनि पिसाव नगर्नुस्

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.