भुत्रो वीर गोर्खाली, हामी त कातर नेपाली हौ: चित्त बुझे सेयर गर्नुहोस

हामी आफूलाई छाती फुलाई फुलाई वीर गोर्खाली अर्थात वीर नेपाली भन्छौ तर वास्तवमा हामी कातर नेपाली हौ ।

 

तपाईहरुको मनमा हामी वीर, बहादुर नेपाली नभएर कसरी कातर नेपाली भयौ भन्ने प्रश्न आउन सक्छ ।

 

नेपालको राष्ट्रिय झण्डा र नेपालको राष्ट्रिय गान
नेपालको राष्ट्रिय झण्डा र नेपालको राष्ट्रिय गान

 

हामी बहादुर नेपाली नभई कातर वा डरपोक नेपाली यसरी छौ । 

 

 

१) नेपालमा जन्मेर पनि हामी कहिल्यै नेपाली भएनौ । भयौ त केबल जनजाति, आदिवासी, राजनितिक र धार्मिक कार्यकर्ता । जो हरेक कुरामा जातिबादीको नारा लाउछ । अब भन्नुस हामी वीर नेपाली कि कातर नेपाली ?

 

२) बिजुली, पानी, ग्यासँ अनि पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बञ्चित हुँदा पनि सडकमा आउन डराउने हामी वीर नेपाली कि कातर नेपाली ?

 

३) हल्लै हल्लाको बन्दमा घर भित्रै डराएर लुक्ने हामी वीर नेपाली कि डरपोक नेपाली ?

 

४) देश टुक्याउन खोज्नेहरुका बिरोध खाली चिया पसल भित्र मात्र गर्ने हामी वीर गोर्खाली कि कातर नेपाली ?

 

५) आर्यघाटमा भन्दा बढि बिदेशी राजुदुताबास अगाडि रुने हामी वीर गोर्खाली कि कातर नेपाली ?

 

६) बाटोमा फोहर फाल्ने जमातलाई देखेर पनि नदेखे जस्तो गरी पाखा लाग्ने हामी बहादुर गोर्खाली कि कातर नेपाली ?

 

७) बागमतीको किनारबाट सुकुम्बासीलाई हटाउँदा फेसबुकट्विटर मा कडा बिरोध गर्ने तर भ्रष्टाचारी र घुसखोरी नेताहरुलाई हटाउन चाहिँ सडकमा एक मिनेट पनि उभिन नसक्ने हामी बहादुर गोर्खाली कि कातर नेपाली ?

 

८) आफ्नै परिवारलाई हात हाल्न नडराउने तर भ्रष्टाचार गर्नेहरुलाई औँलो ठड्याउन सम्म डराउने हामी वीर गोर्खाली कि कातर नेपाली ?

 

९) बिदेशीहरुसँग थर्कमान हुने, पैसा जथाभावी माग्ने अनि देशलाई गरिब बनाएको देख्दा देख्दै ओँठ सिलाएर बस्ने हामी बहादुर गोर्खाली कि कातर नेपाली ?

 

१०) घर भित्र ढलेको सिङ्को नभाच्ने तर फेसबुक लगाएत सामाजीक संजालमा संसारलाई अब हामीले यस्तो गर्नु पर्छ भनी डायलग हान्ने हामी वीर गोर्खाली कि कातर नेपाली ?

 

११) जातको नाममा छिमेकी माथी जाई लाग्ने तर देशको बेईज्जती हुँदा चाहिँ “यस्तै हो, हामी के नै गर्न सक्छौ र ” भन्ने हामी वीर गोर्खाली कि कातर नेपाली ?

 

१२) आफुलाई नेपाली भन्ने तर नेपाली भनेको के हो भनेर सोध्दा अक्क न मक्क हुने हामी वीर गोर्खाली कि कातर नेपाली ?

 

१३) १४ बर्षसम्म पनि स्थानिय नेतृत्व नहुँदा चुपचाप लागेर पहिले कै भातमाराहरुको राज सहेर बस्ने हामी वीर गोर्खाली कि डरपोक नेपाली ?

 

त्यसैले पहिले हामीहरु आफु नेपाली बनेर देखाम् अनि बल्ल आफूलाई ‘वीर’ नेपाली (गोर्खाली) भनम् । के तपाईहरु पनि नेपाली बन्ने कोशिशमा हुनुहुन्छ ?

 

यदि हुनुहुन्छ भने मेरो हार्दिक शुभकामना र धन्यवाद ! नेपालको जय होस् !! जय नेपाल !!!

 

पुनश्च, यहाँ “गोर्खाली” भन्नाले ”नेपाली” नै भन्न खोजीएको हो अन्यथा नबुझिदिनुहोला ।

 

र यो पनि पढ्नुहोस्:

१) के नेपाल गरिब छ ?
२) विश्वमै धेरै कार नेपालमा
३) राज्यलाई कर तिरे बापत नागरिकले के पाए ?

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.