के तपाईले घरको माथि पानी ट्याङ्की राख्नु भएको छ ? होस् गर्नुहोस् बिरामी परीएला है

पानि संकलनको लागी घरको छतमा ट्याङकी राख्ने चलन पुरानो नै हो । तर पानी ट्याङ्की कुन ठाउमा राख्दा उपयुक्त हुन्छ त्यो भने थाहा पाइराख्नु राम्रो हुन्छ ।

 

तर प्राय जसो व्यक्तिहरुले घरको छतमा ट्याङकी राख्दा कुन दिशामा ट्याङकी राख्नु पर्छ भनेर बेलैमा विचार पुर्याएको पाइदैन ।

 

 

तर वास्तुशास्त्रका अनुसार पानीको ट्याङकीले वास्तुलाई धेरै नै असर वा प्रभाव पार्ने गर्दछ । पानी ट्याङकी उपयुक्त दिशामा नहुँदा घरमा बस्ने मानिस माथी आर्थिक समस्याले सताउँछ।

 

यसले मानिसको उन्नती प्रगतीमा बाधा पर्याउने मात्र नभई घरमा रहने मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर गर्दछ । त्यसैले पानिको ट्याङकीलाई घरमा राख्नु अघि नै वास्तुलाई विशेष ध्यान दिनु पर्दछ । 

 

 

वास्तु शास्त्र वा वास्तु विज्ञानका अनुसार पानी ट्याङ्की वा पानीको लागी उत्तर र पुर्वी दिशा उत्तम मानिएको छ। यी दिशामा घरभित्र पानीको भाडा, घैंटो, वाटर प्युरिफाएर , जलपात्र आदि इत्यादि हुनु निकै शुभ मानिन्छ । तर ठिक त्यहि दिशामा पानीको ट्याङकी राख्दा भने वास्तु दोष उत्पन्न हुने गर्दछ ।

 

यसरी वास्तु दोष उत्पन्न भएमा यसले व्यापारमा नोक्सान, घरमा रहेन व्यक्तिको स्वास्थ्यमा गिरावट र आकस्मिक दुर्घटनाको संभावना बढाउँछ ।

 

वास्तु शास्त्रकाका अनुसार पानीको ट्याङकी दक्षिण पश्चिम अर्थाथ नैऋत्य कोण बनाएर अरु दिशा भन्दा अग्लो स्थानमा राख्नु पर्दछ ।

 

यसले गर्दा घरमा समृद्धी र उन्नती आउँछ भने लामो समय सम्म सुख शान्तीको अनुभव गर्न सकिन्छ ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.